FAQs Complain Problems

नगरपरिचय

दैलेख जिल्लाको सदरमुकाममा रहेको यस नारायण नगरपालिकाको अधिकांश भाग पहाडी भू-भाग ले ढाकेको छ र मिश्रीत जनजातीले बसोवास गरेको यस नगरमा क्षेत्री, ब्राह्मण र दलित समुदायको बढी बाहुल्यता भएको पाइन्छ। पहाडी भू-भागले ओगटेका कारण सबै वडाहरुमा खानेपानी, बिजुली र सडकको सुविधा पु-याउन सकिएको छैन। केही समय यता द्धन्द कालको अवस्थामा ग्रामिण क्षेत्रबाट न.पा. क्षेत्रमा बसोवासको चाप बढ्दो क्रममा छ। यो नगरपालिका २०५३ साल चैत्र १३ गतेका दिन नारायण नगरपालिकाको नामबाट स्थापना भएको हो। यस नगरपालिकामा साविक नारायण गा.वि.स., सरस्वती गा.वि.स.,वसन्तमाला गा.वि.स., वेलासपुर गा.वि.स. र त्रिवेणी गा.वि.स. ५ ओटा गा.वि.स. मिलेर नारायण नगरपालिका भएको हो। द्धन्दका कारणले विकास निर्माणमा नगरले तिव्र गतिमा फड्को मार्न नसके पनि द्धन्द व्यवस्थापन पश्चयात नगरले भौतिक संरचना निर्माण तर्फ सडक विस्तार, सडक कालोपत्रे, शिक्षा, स्वास्थ्य सम्वन्धी कार्यहरु गर्दै आइरहेको छ।