परिचय

 नारायण नगरपालिका नेपालको कर्णाली प्रदेशको मुटु नजिकै अवस्थित सुन्दर पहाडी नगरपालिका हो । नेपाल सरकारको घना बस्ती भएको क्षेत्रहरुलाई जनसख्ंयाको आधारमा नगरपालिकाको रुप दिई क्रमिक गतिमा भौतिक सुविधा सम्पन्न बनाई स्थानीय आर्थिक गतिविधिको केन्द्रको रुपमा विकास गर्ने नीति अनुरुप वि.सं. २०५३ सालमा भौतिक पुर्वाधार विना नै स्थापना भएको हो । दैलेख एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला हो भने यो जिल्लामा हालको संघीय संरचना अनुसार ४ वटा नगरपालिका र ७ वटा गाँऊ पालिका रहे अनुसार नारायण नगरपालिकामा जिल्लाको प्रशासनिक केन्द्र र सदरमुकाम रहेको छ ।
 कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत भन्दा ६७ किलोमिटर उत्तरतर्फ रहेको यस नगरपालिका समुन्द्र सतहदेखि कम्तीमा न्यूनतम(चुप्रा)८२० र अधिकतम(ओखरबास)१६८०मी उचाई र न्यूनतम तापक्रम ५ डिग्री र अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस तथा औषत १८०० मिमि वर्षा रहने  यस न.पा को क्षेत्रफल ११०.६३ वर्ग किलोमिटरमा अवस्थित छ । समशितोष्ण हावापानी पाइने र र ११ वटा वडा रहेको यस नपामा २०६८को जनगणना अनुसार २७०३७ रहेको छ । जुन २८ं३५’ देखि २९ं८०’ उत्तरी अक्षांश तथा ८१ं५३’ पूर्वी देशान्तर भित्र पर्दछ ।
पूर्वमा भगवतीमाई गाउँपालिका,पश्चिममा दुल्लु नगरपालिका, दक्षिणमा डुंगेश्वर गाउँपालिका र उत्तरमा महावु र नौमुले गाउँपालिकाले घेरेको यस नपाका बहुसंख्यक मानिसहरु कृषि क्षेत्रमा नै निर्भररहेका छन ।दैलेख जिल्लाको सदरमुकाम समेत रहेको यस नगरपालिकामा कोटिला,कोतगढी,वेलासपुर मन्दिर,पञ्चदेवल कृतिदेवल ,वागमानी,राइली त्रिपानी जस्ता पर्यटकीय स्थलहरुसमेत रहेका छन भने सावँरको छालाको लागि नेपालकै प्रसिद्ध ठाँउको रुपमा दैलेख जिल्ला चिनिने भएकोले सावँरको छाला उत्पादन पनि यसै नारायण नगरपालिका अन्तर्गत पर्ने गर्दछ । ब्राम्हण, क्षेत्री, ठकुरी,गुरुङ्ग,मगर नेवार ,दमाई,सार्की,विश्वकर्मा आदिजस्ता जातजातीहरुको बसाई रहेको यस नपामा बहुसंख्यक मानिसहरु नेपाली भाषा नै प्रयोग गर्दछन ।
कृषि क्षेत्रको महत्वपूर्ण पकेटको रुपमा रहेको यस स्थानिय तहको वडा नं. २, ११ र ७ मा बागवानीतथा कृषि अनुसन्धान एकाई समेत रहेको छ । संञ्चार माध्यमको रुपमा ध्रुवतारा र ज्वाला एफ. एम सञ्चालनमा छन भने दर्जनभन्दा बढी दैनिक पत्रपत्रिकाहरु प्रकाशनहरने गर्दछन् । जिल्लामा कायम रहेका जिल्ला स्थित कार्यालयहरुसमेत  यसै नपामा अवस्थित छन् । जिल्लाकै सबैभन्दा ठूलो बजार रहेको यस नपामा लोहोरे, चुप्रा र भैसेखोर बजार समेत व्यापारिक केन्द्रका रुपमा विकास हुदै गएको अवस्था छ । दर्जन भन्दा बढी बैंकहरु संञ्चालनमा छन् भने कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि जुम्ला जाने तथा पूर्व पश्चिम लोकमार्गले छोएको यस नपामा विकासका संम्भावनाहरु प्रशस्त छन् । नगरका सवै वडाहरुसँग कच्चीसडकको पहूँच पुगेकोेछ भने खानेपानीको अवस्थामा हाल सहारे खानेपानी योजनाले केही सहज प्र्याएको छ ।
२०६८ को जनगणना अनुसार नगरको कुल जनसख्ंया २७०३७ जना रहेको छ भने हाल घरधुरी सर्वेक्षण अनुसार २९५४४ पुगेको छ । जनसख्ंया बृद्धिदर १.०९ रहेको छ । परिवार सख्ंया ५१८९ रहेको छ भने मुख्य जातिहरु बाह्रमण, क्षेत्री, ठकुरी, नेवार, मगर, कामी, दमाई, सार्की आदी रहेका छन्। जातिगत जनसख्ंयाको अवस्था हेर्दा ८०४३ जना दलित,  ३८३०जना जनजाति र ३०जना अन्य जाति रहेको पाईन्छ ।
सावँर छाला
सावँरको छालाको लागि नेपालकै प्रसिद्ध ठाँउको रुपमा दैलेख जिल्ला चिनिने गर्दछ । यो छाला सामान्य तया प्रसोधन गर्नका लागि लागि तीन महिना  लाग्ने गर्दछ ।  यसमा प्रयोग हुने कच्चा पदार्थ स्थानिय उत्पादन जस्तै  मैवा, उत्तिस,चुन र धाईरो जस्ता कच्चा पदार्थको मिश्रणबाट  खाडिमा राखेर  सामान्यतगा ३ महिनामा छाला तयार हुने गर्दछ । तयारी छालाबाट दैनिक उपभोग गरिने सामानहरु क्तमशः विभिन्न किसिमका जुत्ता तथा चप्पल ,कम्मरमा बाध्ने पेटी व्याग, पर्ष आदि जस्ता दैनिक उपभोग्य सामान बन्ने गर्दछ । यस छालालाई व्यववसायकोरुपमा  दैलेखमा सामान्यतया दलित समुदायका सार्कीहरुले उत्पादन तथा प्शोधन गरि प्रयोगमा ल्यादछन । सार्की समुदायको पुख्उयौली पेशाको रुपमा रहेको  सावँरको छाला उत्पादन तथा व्यवसायिकीकरण गर्ने सके अझ धेरै यहाँका स्थानिय स्तरका यूवाहरले रोजगार तथाा आयआर्जनमा वृद्धि गर्न सकिने र यसलाइृ थप व्यवसायिक बनाउनको लागि र नेपाल भरी निर्यात गर्नकोलागि यहाँको स्थानिय सरकारले विभिन्न किसिमका तालिक  आधुनिक प्रसोधन गर्ने प्रविधि भित्राई थय स्थानिय पुरानो कला तथा संस्कृतिलाई बाचयृ नेभपालभर चिनाउन नितान्त जरुरि देखिन्छ दैलेखको एकमात्र चिनारीको रुपमा रहेको यसलाई व्यवसायिककरणमा जोड दिनको लागि र बाहिरबाट आउने आन्तरिक पर्यटक र वाह्य पर्यटकहरुलाई यी सामानहरु वेचविखन गरि आयश्रोत बढाउन सकिन्छ ।
सडक
यस नगरपालिकाका ११ वटै वडामा कच्चि सडकको पहुच पगेको छ भने नगरपालिकाको मुख्य भागमा कालोपत्रे १२ कि.मि., ग्राभेल २७ कि.मि. पि.सि.सि. १.५ कि.मि. र कच्ची सडक १४२ कि.मि निर्माण भईसकेको र कालोपत्रे ७२८ मिटर, ग्राभेल ७ कि.मि. र कच्चि धुले सडक ४२ किलोमिटर निमार्णाधिन अवस्थामा रहेको छ  आगामी ५ वर्ष भित्र नगर चक्रपथ  अनुमानित ३५ कि.मि. लम्वाई र ८ मिटर चाडाई निर्माण गर्ने लक्ष्य सहित शहरीकरण तर्फ उन्मुख यो नगरपालिकाको बजार क्षेत्रमा ठुला–ठुला व्यवसायिक भवनहरु निर्माण भई रहेका छन् ।
शिक्षा
     यस नगरमा स्नातक सम्मको अध्ययन हुने नारायण क्याम्पस, नौ वटा माध्यामिक विद्यालय र ३२ वटा आधारभूत विद्यालय र ३७ वटा प्रारम्भिरक बाल विकास केन्द्रहरु रहेका छन ।त्यसका साथसाथ तेह्र वटा निजि विद्यालय र चार वटा प्राविधिक शिक्षालय संचालनमा रहेका छन् । साक्षरता ८०.३१ प्रतिशत रहेकोमा (महिला ७८.१७, पुरुप ८२.४६) मात्र रहेको छ ।
स्वास्थ्य
    १५ शैयाको जिल्ला अस्पताल, एउटा प्राथामिक स्वस्थ्य केन्द्र,तीनवटा उप–स्वास्थ्य चौकी, एक वटा शहरी स्वास्थ्य केन्द्रले स्वास्थ्य क्षेत्रमा सेवा दिदै आईरहेका छन् ।
जनसंख्या
    २०६८ सालको जनगणना अनुसार नगरको कूल जनसंख्या २२४६४ (महिला १११६१ पुरुष ११३०३) रहेको छ भने हाल सम्म करिब ३० हजार पुगेको अनुमान छ । जनसंख्या वृद्धिदर १.३५ रहेको छ । परिबार संख्या ३८४०, मुख्य जातिहरु बाह्रमण, क्षेत्री, ठकुरी, नेवार, मगर, कामी, दमाई, सार्की आदी रहेका छन् । जनजाती ३७५८ र दलितहरु ६०३८ रहेका छन् ।
खानेपानी
    वरीपरी खोलाले घेरिएको र परस्त मुहानहरु भएता पनि बजार क्षेत्रमा खानेपानीको समस्या रहेको छ । सहारे खानेपानी आयोजना संचालनमा रहेको र छिट्टै नै खानेपानीको समस्या समाधान हुने छ ।
ऐतिहासिक सम्पदाहरु
नारायण नगरपालिका वार्ड नं. ६ मा अवस्थित यो वेलासपुर मन्दिर वेलासपुर देवताको नामले चिनिन्छ । बाइसे चौविसे शासनकालमा वेलसपुर राज्य शक्तिशाली मानिन्थ्यो । यसै राज्यको अवशेषको रुपमा रहेको प्राचिन वेलासपुर दरबार भित्र रहेको वेलासपुर मन्दिर क्षेत्र एक धार्मिक, एतिहासिक र पर्यटकिय सम्पदाको रुपमा रहेको छ । मन्दिरको वरिपरी जंगलले घेरिएको छ । तत्कालिन सिजाका राजा मल्ल वंशका सन्तान रथोवम, सग्राम शाही देखि कर्ण शाही सम्म एघार पुस्ता रास्कोटीहरुले राज्य गरेको भन्ने भनाई छ । वि.स. १८४१ मा अमरसिंह थापाको फौजले भिषण आक्रमण गरे पछी विसाल नेपालमा समाहित भएको उक्त स्थान्मा दरवारको ध्यवस्त भग्नावेश रहेको छ । मन्दिरमा वटुक भैरब देवता रहको र मागेको इच्छा मनकामना पुरा हुने विश्वास लिइन्छ । त्यसैले यो मन्दिरमा वडा दशैको अष्टमी, नवमी, रामनवमी र महिनाको मंगलवार र शनिवारका दिन पुजा गर्ने श्रदालुहरुको भिड लाग्ने गर्दछ । वेलासपुर मन्दिरको डाडाबाट अतियोग्य दैलेख जिल्लाको दृष्यावलोकन गर्न सकिन्छ । मन्दिरमा जानको लागि सिढीको व्यवस्था मात्र भएको छ । मन्दिरको पुनःनिर्माण सुधारको आवश्यकता भएको देखिन्छ । यस क्षेत्रमा भ्यू टावरको निर्माणका लागि पहल भै रहेको छ ।
पञ्चदेवल
    ई.स. १३३१ बैशाख (६८३ वर्ष अगाडी) स्थापित पञ्चदेवल नारायण नगरपालिका ३ भूर्तिमा रहेको छ । यो देवल पाण्डवहरु वनबासको गुप्तवास रहेको अवस्थामा निर्मित भएको भन्ने भनाई छ । यहांका देवलहरु अत्यन्तै कलात्मक र आकर्षक देखिन्छन । देवलको भित्री भागको माथिपट्टी वदमको आकृर्ति कुदिएको छ भने मुलढोकामा कमलको पूलको आकृर्ति कुदिएकोछ । उक्त देवलमा बौद्ध र हिन्दु धर्म संग सम्वन्धित मूर्ति रहेका छन् । विश्व सम्पदा सूचिमा सूचिकृतका लागि युनेस्कोले सुचिकृत समेत गरेका यी देवलहरु हाल सम्मको अनुपम नमूना मानिएको छ ।
कोतगढी
    नारायण नगरपालिका वार्ड नं. १ स्थित कोतगढी नेपाल एकिकरणको कालमा शत्रुबाट बच्न र युद्ध जित्नका लागि निर्मित एतिहासिक स्थल हो । पन्ध्र फित अग्लो किल्ला कलात्मक रुपमा कुदिएका ठुलाठुला ढुंगाहरुबाट बनाईएको छ । यसमा १३ वटा नाल रहेका छन् । यहीबाट राणाकालमा गौडा प्रशासन संचालन हुने गथ्र्यो । यो किल्ला एतिहासिक सामाजिक महत्वको रुपमा रहेको छ ।
नारायण मन्दिर
    नारायण नगरपालिका वडा नं. १ पुरानो बजार स्थित नारायण मन्दिर पुरानो धार्मिक स्थल हो । यसै मन्दिरका नामबाट नारायण गा.वि.स. हुंदै २०५३ मा नारायण नगरपालिकाको समेत नामाकरण गरिएको हो । यस मन्दिरमा नियमित पुजा पाठ हुने गर्दछ ।
तिर्थस्थल
पञ्चकोशी तिर्थ स्थल मध्येका श्रीस्थान, नाभिस्थान, कोटिला धुलेश्वर र पादुका दैलेख जिल्लामा पर्दछने भने कोटिला नारायण नगरपालिका वडा नं. ९ स्थित छामघाट खोलाको तिरमा अवस्थित छ । पंचकोशी तिर्थ गर्दा सवैभन्दा पहिला कोटिलामा दर्शन गर्ने प्रचलन रहेको छ । यो एतिहासिक धार्मिक स्थल हो । श्री स्वस्थानी वर्तकथामा सत्यदेवीको मृतक शरिर महादेवले का“धमा वोकि हिडेको अवस्थामा कोठी खसेको स्थान भनी शक्तिपिठका रुपमा पुजा आजा गरिन्छ । कोटिला क्षेत्र अत्यन्तै रमणिय स्थल हो कोटीहोम यज्ञ, महायज्ञ, सप्ताहा पुराणहरु लगाईन्छ भने महाशिवरात्री र माघे सक्रान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ ।
यस नगरपालिकाको विकासका प्रयास, संभावना र चुनौती
पूर्वाधार विना नै २०५३ सालमा स्थापना भएको यो नगरपालिका विकासको क्रममा पछाडी परेको देखिन्छ । प्राकृतिक हिसावले अत्यन्तै रमणिय स्वच्छ हावापानी नदिनाला वन जंगल भएको धार्मिक तथा पर्यटकिय हिसावले प्रशस्त विकासका संभावनाहरु रहेको भएता पनि विकास हुन सकेको छैन् । हाल सम्म नगरका सवै वडा कच्चि सडक सञ्जालले मात्र जोडिएको छ । विद्युत, खानेपानी सबै वडामा पु¥याउन सकिएको छैन् । शिक्षा र स्वास्थ्यको अवस्था कम्जोर छ । बजार क्षेत्र साँघुरो भै व्यवस्थित शहरीकरण गर्न सकिएको छैन् ।
    तथापी साघुरो बजार क्षेत्रलाई धुलो, धुवाको प्रदुषण र कोलाहालबाट मुक्त हुन हालै मात्र एकतर्फि सवारी आवगमनको व्यवस्था गरिएको छ । नगरवासीहको खानेपानी समस्या समधान गर्न सहारे खानेपानी आयोजना तीव्र गतिमा संचालनमा रहेको छ । नगर क्षेत्रको समानुपातिक विकासका लागि वडा स्तरीय कार्यक्रमहरु संचालन गरिएको छ । नगरपालिकाको आन्तरिक आयश्रोत अत्यन्तै न्यून भएका कारण विकास निर्माणमा केन्द्रको भर पर्नुपर्ने अवस्था छ । यसका लागि नगरवासीहरुले तिर्नु, बुझाउनु पर्ने कर समयमै बुझाउन अनुरोध गरिएको छ । श्रोतको पहिचान गरी करको दायरा फराकिलो बनाईने प्रयास नभएको कारण यस तर्फ नगरपालिकाले विशेष ध्यान दिएको छ । यो वर्ष नारायण उज्यालो कार्यक्रम मार्फत नगरपालिका क्षेत्रभित्र सवैलाई विद्युत उपलब्ध गराउने कार्यक्रम रहेकोछ भने बजार क्षेत्रमा सोलार वत्ति जडानका लागि प्रयास भई रहेकोछ । फोहोरमैला व्यवस्थापनका लागि ीबलम ँष्मि क्ष्मभ को निर्माण र उक्त स्थान सम्म जानका लागि बाटोको स्तरोन्नतीका लागि पहल समेत भै रहेकोछ । नगरपालिकाबाट संचालित कार्यक्रमहरु र यसमा भएको लागत खर्च विवरण हरेक महिना पत्रकार सम्मेलन गरी सार्वजनिकीकरण गर्ने कार्यको शुरुवात गरिएको छ । यसले खर्चमा पारदर्शिता मितव्यता कायम भै सु–शासन कायम गर्न मद्दत पुग्नेछ ।
अतः
यस नगरपालिकालाई नमूना मध्य पहाडी शहरको रुपमा परिचित गराउन नगरपालिकाको वृहत गुरु योजना बनाउन आवश्यक देखिन्छ । सडक गुरु योजना, पर्यटन गुरुयोजना, जलउपयोग गुरुयोजना बनाउन आवश्यक छ । व्यवस्थित आवास जग्गा एकिकरण आयोजना संचालन गर्न श्रोतको पहिचान गरी करको दायरा बढाउने सडक क्षेत्रको लगत कट्टा गर्ने सरस्वती मन्दिर काँडाचौर वाइपास सडक स्तरोन्नती र कालोपत्रे गर्ने कार्य तत्काल अघि बढाउन आवश्यक छ । मध्य पहाडी लोकमार्गलाई नगरको रिङरोड हुने गरी लैजान आवश्यक छ । नगरका खुल्ला स्थानहरुलाई हरियाली बाल उद्यानको रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यक छ ।
आन्तरिक अयाश्रोत बढाउन स्थानीय स्वायत्त शासन ऐनको दफा १३७, नियमावली को नियम ४१ तथा अनुसुची ९ मा व्यवस्था भए अनुसार २ प्रतिशत घर वहाल कर संकलन गर्न करदातालाई समेटन नसकिएको र सबैले समयमा कर बुझाएको नपाइएको हुंदा यसका लागि विशेष पहल गरिने छ । कोतगढीको व्यवस्थापन र संचालन गर्न यसलाई मानव शास्त्र अध्ययन केन्द्रको रुपमा विकास गर्ने । नगरभित्रका सास्कृतिक सम्पदाहरुको संरक्षण र सुधार गर्ने, फोहोरमैला व्यवस्थापनका लागि ीबलम ाष्मि कष्मभ निर्माण र दिर्घकालिन सुधारका कार्यक्रम गर्ने लगायत नगरपालिकाले संचालन गर्ने र विस्तारै समुदायलाई नै फोहोरमैला व्यवस्थापन गर्ने नीतिको अवलम्बन गरिनेछ । फोहोरलाई मोहरको रुपमा परिणत गर्ने कार्यक्रम संचालन गरिनेछ । नगरपालिकाको समृद्ध विकासका लागि नगरबासीहरुको पनि उत्तिकै सक्दो सहभागितको अपेक्षा रहेको छ । यसो भएमा सुन्दर, शान्त, समृद्ध नगरपालिकाका निर्माण हुनेमा विश्वास गर्न सकिन्छ ।
१) वालमैत्री शिक्षामा जोड दिइनेछ ।
२) साक्षर नगरपालिकाको घोषणा गर्ने ।
३) करमैत्री वातावरणको सिर्जना गर्ने, कार्यमा जोड दिइनेछ ।
नारायण नगरपालिका कार्यालय दैलेखको अनुरोध

  • विकास निर्माणका कार्यमा सक्रिय सहभागिता जनाई नागरिक अभिभार पूरा गरौ ।
  •  ऐतिहासिक कला, संस्कृति र अमुल्य सम्पदाको संरक्षण गरौ ।
  • पूर्वाधार विकासमा अर्थपूर्ण लागत सहभागिता जुटाई आफनो गाउ“ टोलको विकास गरौ ।
  • जन्म, विवाहा, बसाई सराई र मृत्यु दर्ता समयमै गरौ ।
  •  घर आगन सफा राखौं, सडकमा निर्माण सामाग्री लगायत व्यापारिक प्रयोजनका सामान नराखौं ।
  • नियमित रुपमा कर तिरी सम्य नागरिकको परिचय दिउ ।
  •  स्वच्छ, सुन्दर र समृद्ध नमूना मध्य पहाडी नगरपालिकाको निर्माण गरौ ।
  • भवन संहिताको पालना गरीघर निर्माण गरौं साथै नक्सापास गराएर मात्र भवन निर्माण कार्यको थालनी गरौं ।
  •  खुल्ला दिशामुक्त नगर घोषणाको हाम्रो अभियानलाई सफल पारौं

अहिले संसार भरी नै सूचना प्रविधिको व्यापक रुपमा प्रयोग बढ्न थालीरहेको वेला नगरपालिकाले आफ्ना सेवा सुविधाहरु कम्प्यूटर सूचना प्रविधि अर्थात् विद्युतीय सूचनाका माध्यमबाट प्रत्यक्ष जनताको घर दैलोमा सुलभ र सहज रुपमा पुर्‍याउन सकेको खण्डमा सुशासनको क्षेत्रमा धेरै महत्वपुर्ण उपलब्धिहरु हासिल हुन सक्ने महशुस गरी निर्माण गरिएको यस वेवसाइटमा यहांहरु सम्पूर्णमा हार्दिक स्वागत गर्न चाहन्छौं । वेवसाइट संचालनबाट नागरिकहरुलाई प्रत्याभुत गरीएको सूचनाको हक सुनिश्चित गर्नुका साथै नगरपालिकालाई छीटो छरितो, प्रभावकारी, पारदर्शी र सुलभ ढंगले सेवा प्रदान गर्न सहयोग पुगी नगरपालिकाको कर प्रशासनमा सुधार आउने नगरपालिकाले न्तरिक राजश्व, कर, शुल्क, महत्वपूर्ण निर्णय लगायत नगर र नगरपालिका कार्यालयसंग सम्बन्धित अन्य विविध जानकारीहरु सजिलै प्राप्त गर्न सक्नु हुनेछ । यहांहरुको सुझाव तथा प्रतिक्रियाको समेत अपेक्षा राखेका छौं । नगरपालिकाको यस वेवसाइटको अवलोकन गर्नु भएकोमा हार्दिक धन्यवाद ।