FAQs Complain Problems

सहकारी संस्थाहरुको लेखापरिक्षण सम्विन्ध सुचना २०७५

विषयः सहकारी संस्थाहरुको लेखापरिक्षण सम्वन्धमा ।

नारायण नगरपालिका कार्यक्षेत्र भएका सवै सहकारी संस्था लि.हरु ।
    प्रस्तुत विषयमा नेपाल सरकार ( मन्त्रीस्तर )वाट मिति २०७५।५।७ गते स्वीकृत सहकारी संस्थाहरुको लेखा परिक्षण निर्देशिका, २०७५ को दफा ३ वमोजिम सहकारी ऐन २०७४को दफा ७६ को उपदफा (१) र यस नारायण नगरपालिकाको सहकारी ऐन २०७५  मा व्यवस्था भए वमोजिम तोकिएको समयभित्र लेखापरिक्षण सम्पन्न गराउने गरी लेखापरिक्षक नियुक्त गरि अनुसूचि १ को ढांचामा सोको जानकारी तीन दिनभित्र देहायका कागजातहरु संलग्न राखी यस नगरपालिकामा पठाउनु हुन अनुरोध छ ।
तपशिल
१ लेखापरिक्षकको नाम र ठेगाना
२ विगत तीन वर्षमा नियुक्त लेखापरीक्षकहरुको नाम ठेगाना
३ लेखापरिक्षकको लेखापरिक्षण ईजाजत पत्रको प्रतिलिपि
४ लेखापरिक्षकको कार्यक्षेत्रगत सर्त ( टम्र्स अफ रेफेरेन्स )
५ लेखापरिक्षक नियुक्तिका साथै पारिश्रमिक तोक्ने सम्वन्धमा साधारण सभाको प्रतिलिपि
६ लेखापरिक्षकको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि
७ सहकारी ऐनको दफा ७७ को उपदफा (२) वमोजिम लेखापरिक्षकले सहकारी संस्थामा पेस गरेको आफु लेखा परिक्षकमा नियुक्ति हुन अयोग्य नभएको व्यहोराको लिखित जानकारीको प्रतिलिपि      
८ तोकिएको समयावधि भित्र लेखापरिक्षण गराई प्रतिवेदन समयमै यस नगरपालिकामा पठाउनुहुन ।
९तोकिएको समयावधि भित्र साधारण सभा सम्पन्न गरि  यस नगरपालिकामा जानकारी पठाउनुहुन
१० गत आ.व.को साधारण सभा सम्पन्न भएको मिति, लेखापरिक्षण प्रतिवेदन,करचुक्ता प्रमाणपत्रको प्रतिलिपि , शेयर सदस्यहरुको नाम, ठेगाना , संचालक समिति,लेखा सुपरिवेक्षण समितिको नाम, पद ,ठेगाना र मोवाईल नम्वर
११ सहकारी संंस्थामा कार्यरत कर्मचारीहरुको नाम, पद, ठेगाना , मोवाईल नम्वर
१२ कार्यालय रहेको स्थान,टेलिफोन नम्वर र ईमेल ठेगाना
..............................                        
जगत बहादुर वस्नेत
प्रमुख प्रशासकीय अधिकृत