FAQs Complain Problems

तालिम तथा गाेष्ठीमा सहभागीका लागी जानकारी सम्वन्धमा

                                                                                                                        बिषयः जानकारी सम्बन्धमा ।
महोदय,

नेपालको संविधान २०७२ जारी भएपछि नेपालको राज्य तथा शासकीय व्यवस्था विधिवत रुपमा तीन तहको संघीय संरचनामा रुपान्तरित भएको छ । संविधानले राज्यशक्ति तीन तहको सार्वभौम सरकारबाट प्रयोग हुने व्यवस्था गरेको छ । संविधानको कार्यान्वयन गर्दै राज्य व्यवस्थालाई संघीय संरचनामा रुपान्तरण गरी शासन प्रणालीलाई लोकतान्त्रिकरण गर्न तथा राज्य र नागरिकबीचको सम्बन्धलाई अझ बलियो र समपूरक बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । त्यसको लागि स्थानीय सरकारहरुले आफ्नो क्षेत्रका प्राथमिकताका बिषयहरु प्हिचान गरी नीति, योजना र कार्यक्रमहरु निर्माण र कार्यान्वयन गर्दै आम नागरिकको जीवनस्तर अभिवृद्धि गर्नु र शासन व्यवस्थाप्रति नागरिकहरुको विश्वास आर्जन गर्नु हुनेछ ।      
यसै सन्दर्भमा यस प्रतिष्ठानबाट स्थानीय सरकारका निर्वाचित पदाधिकारीहरुको सार्वजनिक नीति निर्माण क्षमता अभिबृद्धि सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गर्ने कार्यक्रम रहेको छ । सोको लागि यहाँसंग (नारायण न.पा.प्रमुखज्यू) भएको छलफलको आधारमा नारायण नगरपालिकाका निर्वाचित पदाधिकारीहरु लगायत तपशिलमा उल्लिखित सहभागीहरुलाई निम्नानुसारकोे मिति÷समय र स्थानमा आयोजना गरिने कार्यशाला गोष्ठीमा सहभागीताका आमन्त्रण गरिदिनुहुनका लागि आवश्यक समन्वय, सञ्चार र सहकार्यको लागि अनुरोध गर्दछु ।

मिति  ः २०७५ज्येष्ठ १३ र १४  गते (आइतबार र सोमबार)

समय  ः आइतबार बिहान ११ः३० देखि ५ः०० र सोमबार बिहान १०ः० देखि ४ः०० बजेसम्म
 स्थान ः नारायण नगरपालिकाको सभाकक्ष, दैलेख ।
सहभागीहरु  ः नगर प्रमुख, उप–प्रमुख, न.पा का सम्पुर्ण वडाका वडाअध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत, प्रशासकीय अधिकृतहरु, नारायण न.पा का शिक्षा र सामाजीक विकास हेर्ने अधिकृतहरु

 विशेष अनुरोधः सहभागीहरुलाई सम्भव भएसम्म संलग्न फाराम अनुसारका तथ्याङ्क तथा विवरणहरु लिई आउनु हुन आवस्यक सञ्चार÷जानकारी गराईदिनु हुन समेत अनुरोध छ ।